१० कार्तिक २०८३, मंगलबार

केन्द्रीय टोलीको नेतृत्वमा युवा संघ मैंदानमा उत्रियो, आन्दोलनका कमाण्डरलाई कारवाही गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahadi-1काठमाडौँ, १९ भदौ । युवा सङ्घ नेपालले ‘राष्ट्रिय एकता, शान्ति, संविधान र सामाजिक सद्भावसहितको जागरण अभियान’ का लागि केन्द्रीय टोली तयार गरेको छ ।

सङ्घको शुक्रबार स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सीमाङ्कनको विषयलाई लिएर विभिन्न जिल्लामा भएको आन्दोलनबाट सद्भाव भड्किन सक्ने भएकाले अभियान सञ्चालन गर्न लागिएको अध्यक्ष निरुदेवी पालले जानकारी दिनुभयो ।

तराई मधेसका जिल्लामा सञ्चालन हुने अभियानमा जिल्लास्थित उद्योग वाणिज्य महासङ्घ, नेपाल पत्रकार महासङ्घ, गैसस महासङ्घलगायत नागरिक समाज र वुद्धिजीवीसँग पनि सहकार्य गरिनेछ ।

अभियानका लागि मेचीमा गोविन्द थापा, कोसी–प्रभातविक्रम कटवाल, सगरमाथा–सरोजदिलु विश्वकर्मा, जनकपुर–रमेश पौडेल, नारायणी–कमलराज पाठक, लुम्बिनी–चन्द्र लामा, राप्ती–हिराचन्द्र केसी, भेरी–माधव बाँस्तोला, सेती–किरण पौडेल, महाकाली–वचन सिंहसहितको केन्द्रीय टोली खटाइएको छ । केन्द्रीय टोलीलाई जिल्ला संयोजकले समन्वय गर्ने जनाइएको छ ।

Youth-forceयुवा संघले आन्दोलनका नाममा सामाजिक सदभाव भड्काउने गिरोहका कमाण्डरलाई कारवाही गर्ने कार्यक्रममा जानकारी गराइएको थियो । जसअन्तर्गत सामाजिक सदभाव खल्वल्याउन अग्रसर जनजाति नेताहरुलाई प्राथमिकताका साथ निगरानीमा राखिएको छ । त्यस्तै, मधेसी नेताहरु पनि निगरानीमै छन् । नेकपा (एमाले) ले सामाजिक सद्भावको अभियान सञ्चालन गर्न जनवर्गीय सङ्गठनलाई केही दिनअघि निर्देशन दिएको थियो । रासस