२१ कार्तिक २०८३, शनिबार

असहमति हुँदाहुँदै पनि संविधान निर्माणमा सहयोग रहन्छ : अध्यक्ष दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, १९ भदौ । प्रमुख विपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको प्रक्रियामा फरकमत हुँदाहुँदै पनि संविधान निर्माणको प्रक्रियामा सहयोग गरेको बताउनुभएको छ ।

सिंहदरबारमा शनिबार राति पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रमुख तीन दल मिलेर संविधानको विधेयकमा संशोधन प्रस्ताव दर्ता गरिएको बताउनुभयो । उहाँले तीन दलले पेश गरेको संविधानको प्रस्तावअनुसार संविधान निर्माण गरिने बताउनुभयो ।

अध्यक्ष दाहालले थारु, मधेशी, मगरलगायतका मागका विषयमा एमाओवादी पहिलादेखि उठाउँदै आएका विषयमा आफूहरूको फरक मत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फरकमत दर्ता गराउँछौँ । तर संविधान निमार्णको विषयमा भने हाम्रो सहयोग रहन्छ ।’

उहाँले संविधान निर्माणको स्वामित्व लिएर संविधान निर्माणको कार्यलाई अगाडि बढाउने बताउनुभयो । दाहालले संसारमा संविधान निर्माण सरल रुपमा नभएको भन्दै सानातिन विषयको सामना गर्नुपर्ने बताउनुभयो ।

उहाँले यस्तो बेला विभिन्न समूहले अधिकारका लागि दवाव दिनु जायज रहेको उल्लेख गर्नुभयो ।