कलैया (बारा), १९ भदौ । बाराको नरही गाविसअन्तर्गत इटहर गाउँमा १२ जनामा स्वाइन फ्लूको सङ्क्रमण भेटिएको छ ।
पन्ध्र दिनअघि सो गाउँका बालबालिका र वृद्धवृद्धालाई ज्वरो आएपछि उपचार गराउँदासमेत निको नभएपछि १७ जनाको रोग नियन्त्रण महाशाखाको टोलीले विस्तृत स्वास्थ्य परीक्षण गर्दा १२ जनामा सो रोग लागेको थाहा भएको बाराका जनस्वास्थ्य प्रमुख डा शङ्कर गुप्ताले बताउनुभयो ।
सो ठाउँमा रोग नियन्त्रणका लागि भालिदेखि औषधिसहितको स्वाथ्यकर्मी परिचालन गरिने बताइएको छ















प्रतिक्रिया