काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका सभासद अर्जुननरसिंह केसीले संविधानको विधेयकमाथि व्यक्तिगत संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।
कांग्रेस संसदीय दलको बैठकले पार्टीका सबै नेता कार्यकर्तालाई व्यक्तिगत संशोधन दर्ता नगर्न निर्देशन दिएपनि सभासद केसीले पार्टीको निर्देशन उल्लङघन गर्दै संविधानसभाको सचिवालयमा शनिबार संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो ।
यसअघि शुक्रबार सभासद कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पनि व्यक्तिगत संशोधन दर्ता गराउनुभएको थियो । नेता केसीले नयाँ संविधानमा धर्मनिरपेक्षको सट्टा बहुधार्मिक राख्नुपर्ने, प्रस्तावनामा बहुलवाद हुनुपर्ने माग राख्नुभएको छ ।
शंसोधन प्रस्ताव दर्ता गर्दै उहाँले पार्टीले गर्ने जुनसुकै कारवाही भोग्न आफू तयार रहेको बताउनुभयो ।












प्रतिक्रिया