काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा कीर्तिमान कायम गर्नुभएका चन्द्रबहादुर डाँगीको उपचारका क्रममा अमेरिकामा निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।
प्रधानमन्त्री कोइरालाले आज विज्ञप्ति प्रकाशन गरी उहाँको दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा स्वजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
होचो शारीरिक कदको अग्लो विश्व कीर्तिमान लिएर डाँगीले नेपालको झन्डा विश्वमा फहराउँदै फैलाउनुभएको नेपालको कीर्तिमान चिरकालसम्म रहने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
“उहाँको सो कीर्तिमानले अस्वाभाविक शारीरिक कद, अपाङ्गता र अन्य समस्या रहेकाहरुसहित सबै नेपालीलाई उच्च मनोबल, नैतिकता, इमान्दारी, साहस र धैर्यका साथ कर्ममा समर्पित भएमा सबैले आफ्नो व्यक्तित्व विकास गरी राष्ट्रको कीर्ति फैलाएर मुलुकका लागि योगदान पु¥याउन सकिने रहेछ भन्ने सन्देश दिएको छ”–विज्ञप्तिमा भनिएको छ । रासस
















प्रतिक्रिया