२१ कार्तिक २०८३, शनिबार

नौ दलीय संघीय गठबन्धनको बैठक तीनकुनेमा, आन्दोलनको समीक्षा गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्रप्रसाद श्रेष्ठ
राजेन्द्रप्रसाद श्रेष्ठ

काठमाडौं, १९ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, आन्दोलनको समीक्षा र अन्य विविध विषयमा छलफल गर्न नौ दलीय संघीय गठबन्धनको बैठक बस्दैछ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा आज बस्ने बैठकमा जारी आन्दोलनका विषयमा छलफल हुनेछ । पहिचानसहितको व्यवस्था र संघीय राज्यको माग गर्दै आन्दोलनमा रहेको संघीय गठबन्धनले माग पूरा गराउन सरकारलाई दवाव दिँदै आएको छ ।

संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले पहिचानको मागलाई संविधानमा समावेश गराउन जारी आन्दोलनका विषयमा बैठकमा समीक्षा गर्नुका साथै भावी रणनीति बनाइने बताउनुभयो ।

गठबन्धनमा संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, थरुहट पार्टी, संघीय लिम्बुवान पार्टी, संघीय गणतान्त्रिक जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी र जनजाती पार्टी रहेका छन् ।