काठमाडौं, १९ भदौ । संविधानसभाबाट सैद्धान्तिक छलफल सकिएर संविधानको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने आज अन्तिम दिन दल र सभासदहरूले संशोधन दर्ता गराउने भएका छन् ।
आज बेलुकासम्म नयाँ संविधानको विधेयकमा आफूलाई चित्त नबुझेको विषयमा संशोधन दर्ता गराउन पाइनेछ । दर्ता गरिएको संशोधनलाई संविधानसभा बैठकबाट उपस्थित दुई तिहाई सदस्य संख्याले अनुमोदन गर्नुपर्ने हुन्छ ।
कांग्रेस, एमाले र एमाओवादीले संविधानको विधेयकमा संसदीय दलका मुख्य सचेतकमार्फत संशोधन दर्ता गराउन आफ्ना सभासदहरूलाई निर्देशन दिएका छन् ।
उनीहरूले सभासद एक्लैले संशोधन प्रस्ताव दर्ता गराउँदा पारित हुन नसक्ने भएकाले संस्थागत रुपमा संशोधन दर्ता गराउन भनेका हुन् ।
यसअघि शुक्रबारसम्म संविधानको विधेयकमाथि डेढ दर्जन संशोधन प्रस्ताव दर्ता भइसकेका छन् ।












प्रतिक्रिया