३० आश्विन २०८३, शुक्रबार

बेलायतले अब शरणार्थीलाई प्रवेश दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

david_cameron-465231लिस्बोन (पोर्चुगल), १९ भदौ । बेलायतका प्रधानमन्त्री डेभिड कयामरुनले आफ्नो पोर्चुगलको भ्रमणको सिलसिलामा बेलायतले मानवीय सङ्कटलाई मध्यनजर राख्दै हजारौँ अरू सिरियाली शरणार्थीलाई आफ्नो देशमा प्रवेश दिने कुरा व्यक्त गर्नुभएको छ ।

सङ्कटको बेला सहयोग गर्नु आफ्नो देशको नैतिक जिम्मेवारी हुने उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री डेभिड कयामरुनले बेलायत युरोपियन युनियनको शरणार्थी पुनः वितरण योजनामा सहभागी नभई संयुक्त राष्ट्रसङ्घको मध्यपूर्वमा अवस्थिर्त शिविरबाट सिधै शरणाथीलाई आफ्नो देशमा लग्ने बताउनुभयो ।

सिरियाली शरणार्थीलाई बेलायतले जस्तो कुनै पनि युरोपेली राष्ट्रले सहयोग नगरेको उहाँले पोर्चुगलका समकक्षी पेड्रो पासोस कोएल्होसँग गर्नुभएको पत्रकार सम्मेलनका क्रममा बताउनुभयो ।

उहाँले भन्नुभयो, “बेलायतले अहिलेसम्म ५ हजार शरणार्थीलाई शरण दिइसकेको र हामी अझै सङ्कटमा परेका हजारौँलाई सहयोग गर्न तयार छौँ । यो हाम्रो मानवीय कर्तव्य हो ।” सिन्ह्वा