५ कार्तिक २०८३, बिहिबार

स्वाइनफ्लुको महामारीले बच्चादेखि वृद्धवृद्धा र गर्भवती थलिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Swine-flu-virus-001बारा, १९ भदौ । बाराको नरही ६ र ७ स्थित इटहर गाउँमा तीन सातादेखि स्वाइनफ्लुको महामारीले बच्चादेखि बृद्धवृद्धा र गर्भवती थलिएका छन् । एक सय ७५ घरधुरीमा झन्डै सय घरमा संक्रमणले च्यापिसकेको छ ।

एउटा परिवारमा ११ जनासम्मलाई यस्ता संक्रमण देखिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

उनीहरु गाउँमा झोले डाक्टरको भरमा औषधि उपचारमा खर्च गर्दा गर्दै पीडित भएका छन् ।

स्थानीय सामाजिक कार्यकर्ता सुरेन्द्र साहका अनुसार झोले डाक्टरले बिना परीक्षण कडा एन्टिबायोटिक औषधि खान सुझाएको छ, तर त्यसबाट झन् बढिरहेको छ ।

भारतको दिल्ल्लीबाट केही युवा गाउँमा आएदेखि यो प्रकोप देखा परेको उनले बताए । गाउँमा संक्रमण फैलिएपछि त्यसको रोकथामको लागि जिल्ला वा कतैबाट प्रयासमा ढिलाई भइरहेको उनको भनाइ छ ।

घरैपिच्चे रुघाखोकी, ज्वरोको प्रकोप देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयलाई खबर गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएको मेडिकल टेक्नोलोजिस्टको टोलीले गत सोमवार रगत परिक्षण गरेपछि स्वाइन फ्लु पत्ता लागेको हो ।