काठमाडौं, १८ भदौ । राप्ती अञ्चलबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सभासदहरूले रुकुम जिल्लालाई टुक्राउन नपाइने माग गर्दै संविधानको विधेयकमा संशोधन प्रस्ताव पेश गरेका छन् ।
उनीहरूले कांग्रेस संसदीय दलको कार्यालयमार्फत सिङ्गो रुकुमलाई पाँच नम्बर प्रदेशमा राख्नुपर्ने माग गरेर संशोधन प्रस्ताव तयार पारेका हुन् । कांग्रेस सभासद अनिता देवकोटाले रुकुम जिल्लालाई राप्ती अञ्चलबाट छुटाउन नपाइने बताउनुभयो ।
उहाँले रुकुम जिल्लालाई पाँच नम्बर प्रदेशमा राख्नका लागि राप्तीका कांग्रेस सभासदहरूले संयुक्त रुपमा संशोधन प्रस्ताव ल्याइएको बताउनुभयो ।
राप्तीबाट प्रतिनिधित्व गर्ने सभासदहरूले आफूहरूको संशोधनको प्रस्तावलाई संसदीय दलको कार्यालयमार्फत संविधानसभा सचिवलयमा दर्ता गराउनेछन् ।
कांग्रेसले आफ्ना सभासदहरूलाई संविधानको विधेयकमा संशोधन प्रस्ताव अघि बढाउन मुख्यसचेतकमार्फत अगाडि बढाउन निर्देशन दिएको छ ।















प्रतिक्रिया