
काठमाडौं, १८ भदौ । प्रेमिकाका लागि एक युवकले आफ्नै साथीको हत्या गरेका छन् ।
काठमाडौं बौद्ध बस्दै आएका रञ्जीत शर्माले डेरावाली प्रेमिकाका लागि आफू काम गर्ने वीए फर्निचर मालिकका छोरा तथा साथी मुन्टु शर्माको हत्या गरेका हुन् ।
यी दुबैबीच रातिको समयमा महिलाको बारेमा विवाद भएको थियो । मालिकका छोरा मन्टु शर्माले रंजित शर्मालाई ‘कि उक्त महिलालाई छोड कि मलाई मार नत्र तँलाई मार्छु’ भनेपछी रञ्जीतले मन्टुको हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । हत्याका अभियुक्त रञ्जीतलाई पक्राउ गरी महाशाले शुक्रबार सार्वजनिक गरेको छ ।
यस्तो छ घटना विवरण :
- अभियुक्त रंजित शर्मा २०६९ सालमा काठमाण्डौं आएको र निजकै गाउँको उमेश शर्माले संचालन गरेको BM फर्निचरमा हेल्परको रुपमा काम गर्दै आएको ।
- एक वर्ष काम गरिसकेपछि हेल्परबाट मिस्त्री भएको तर साहु उमेश शर्माले तलब नबढाएपछि फर्निचरमा काम छाडी करिब १ महिना बौद्दमा नै नाम थाहा नभएको भोजनालयमा काम गरेको पछि उमेश शर्माले तलब बढाई दिन्छु भनेपछी २०७० सालदेखी पुन: BM पर्निचरमा आई हेड मिस्त्रीको रुपमा निरन्तर काम गर्दै आएको रसोही फर्निचरमा नै खाने बस्ने गरेको ।
- मृतक मन्टु शर्मालाई निज प्रतिवादी रंजित शर्माले सानैदेखी चिनेको र नाताले हजुर बुबा र नाती पर्ने र हाल निज मन्टु पनि आफ्नै बुबासँग सोही फर्निचरमा काम गर्दै आएकोतर हाल उमेश शर्मा भारत गएको ।
- २०७१ मंसिर महिनामा एकजना महिलाBM फर्निचर नजिकै कोठा सरि आए पछि निज रंजित शर्मालाई काम खोजिदिन भनेकोले साहुलाई भेटाई सोही फर्निचरमा रंग लगाउने काम लगाई दिएको ।
- काम गर्दै जाने क्रममा निज महिला र रंजित शर्मा बिचमा प्रेम सम्वन्ध रहन गई बेला बेलामा शारिरिक सम्पर्क समेत हुने गरेको ।
- घटना भएको दिन मिति २०७२/०५/१७ गते साँझ १८:३० बजे रंजित शर्माले साहुको छोरा मन्टु शर्मा र निज महिलालाई कारखानामा नदेखे पछि निजहरुको बारेमा शंकाको दृष्टीले हेरेको ।
- करिब १९:३० बजेतिर दुवैजना हातमा माछा बोकी कारखानातर्फआएको देखेपछि निजलाई रिस उठेको तर पनि मन्टुलाई केही नभनी दुवैजना मिली खाना बनाउने थाले,सोही क्रममा मन्टु शर्माले रंजित शर्मालाई “कि उक्त महिलालाई छोड कि मलाई मारनत्र तँलाई मार्छु”भने पछी निजलाई झन् रिसउठेको।
- खाना खाईसके पछि दुवैजना संगै सुतेकोमा मन्टु निदाएको तर रंजित शर्मा मन्टुले भनेको कुरा मनमा खेलीरहेकोले निदाउन नसकेकोलेमन्टुलाई मार्छु भनि काठको काम गर्ने धारिलो राँबो (बटारी) ले निदाई रहेको मन्टुको घाँटिको अगाडीको भागमा वारपार हुने गरीरोपी दिएको र पुन: पाताको भागमा प्रहार गरेपछी निज केहिबेर छटपटाएको र पछि छट्पटाउन छोडेपछी मर्यो भनि घटनामा प्रयोग भएको राँबो कारखानाको उत्तरपुर्व कुनामा घाँस भएको चौरमा गाडिदिएको।
- घटनामा आफुलाई शंका नगरुन भनि मन्टुको बुबा उमेश शर्मा सुत्ने कोठाको झ्यालको जाली समेत च्याती चोर आएको र मन्टुलाई हत्या गरि गएको भन्ने बहाना बनाउनको लागी फर्निचर आगाडिको खाली स्थानमा गई मन्टुलाई कसैले हत्या गरेको भनि चिच्याएको ।
- निज प्रतिवादी रंजित शर्मालाई मिति २०७२/०५/१७ गते नै अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरी मिति २०७२/०५/१८ गते अन्य थप कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त बौद्द पठाईएको ।















प्रतिक्रिया