९ कार्तिक २०८३, सोमबार

देशैभरी २५ औं सर्भेयर्स दिवस मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

napi-bivagकाठमाडौं, १८ भदौ । नेपालमा शुक्रबार २५ औं सर्भेयर्स दिवस मनाइँदै छ ।

देशभरका नापी पेशाकर्मीको संगठन नेपाल सर्भेयर्स एशोसियसनको स्थापना भएको २५ औं वर्ष पुगेको अवसरमा यो दिवस मनाउन लागिएको हो । आज भन्दा २५ वर्ष पहिले २०४७ साल भदौ १८ गते नेपाल सर्भेयर्स एशोसियसनको स्थापना भएको थियो ।

‘सम्पूर्ण नापी पेशाकर्मीहरुको साझा चौतारीमा गोलबन्द होऔं’ भन्ने मुल नाराका साथ यसवर्षको २५ औं सर्भेयर्स दिवस देशैभरी विविध कार्यक्रम गरी मनाइरहेको नेपाल सर्भेयर्स एशोसियसनका वरिष्ठ उपाध्यक्ष अम्बादत्त भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘यो दिवस हाम्रो लागि ठूलो पर्व हो, संस्था स्थापना भएको २५ औं वर्षको अवसरमा हामीले यो दिवस मनाइरहेका छौं, देशैभरीका साथीहरुले विविध कार्यक्रमहरु जस्तै, रक्तदान, भलिबल, फुटबल लगायतका अतिरिक्त क्रियाकलाप गरि मनाइरहेका छन् ।’

उहाँका अनुसार केन्द्रमा नापी विभाग तथा मन्त्रालय अन्तर्गतका सबै प्राविधिकहरुले भूक्म्पपीडितलाई सहयोग भौतिक सहयोग गरेको छ । गत वर्ष देशभरका बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गरेको सर्भेयर्स एशोसियसनले यसवर्ष भूकम्प पीडितहरुको आश्रय स्थल निर्माणमा प्राविधिक सहयोग तथा भौतिक संरचना संरक्षण गरेको हो ।

यसलगत्तै देशभरका सीमाविद्सँग छलफल गर्न वृह्त गोष्ठीको आयोजना गरिएको सर्भेयर्स एशोसियसनका महासचिव सरोज चालिसेले जानकारी दिनुभयो । २५ औं स्थापना दिवसका अवसरमा सर्भेयर्स एशोसियसनले विभिन्न मागहरु पनि सरकारसँग राखेको छ ।

भूकम्पमा राज्यले सर्भेयर परिचालनमा महत्व नदिएकाले सर्भे काउन्सिल गठन गरिनुपर्ने । सबै काम फिल्डमा गएर प्राविधिकले गर्ने भएकाले मालपोत कार्यालय खारेज गरी नापीलाई नै सर्वअधिकार सम्पन्न बनाइनुपर्ने लगायतका मागहरु सर्भेयर्स एशोसियसनले अघि सारेको छ ।