२१ कार्तिक २०८३, शनिबार

कांग्रेसको निर्देशन सभासद शेखर कोइरालाद्धारा उल्लंघन, संविधानसभा एकलौटी शंसोधन प्रस्ताव पेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr-Shekhar-Koiralaकाठमाडौं, १८ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सभासद डा. शेखर कोइरालाले नयाँ संविधानको विधेयकमा शंसोधन प्रस्तावना पेस गर्नुभएको छ ।

नेपाली कांग्रेसको विहीबार बसेको संसदीय दलको बैठकले नयाँ संविधानको विधेयक शंसोधन प्रस्ताव गर्दा पार्टीसँग अथवा प्रमुख सचेतकसँग समन्वय गरेर पार्टीको नीति अनुसार मात्रै शंसोधन प्रस्ताव राख्न निर्देशन दिइएपनि सभासद कोइरालाले पार्टीको निर्णयलाई उल्लंघन गर्दै नयाँ संविधानको विधेयकमा व्यक्तिगत शंसोधन प्रस्तावना पेस गर्नुभएको हो ।

सभासद् कोइरालाले शुक्रबार संविधानसभा सचिवालयमा शंसोधन प्रस्तावना पेस गर्नुभएको हो । उहाँको दर्ता नम्बर १२ रहेको छ । शंसोधन प्रस्तावमा उहाँले नयाँ संविधानको धाराको प्रस्तावनामा रहेको (त्याग, बलिदानको गौरवपूर्ण, सहिद भएकाहरुको तथा वेपत्ता र पीडित नागरिकहरु) यो शब्द हटाउन माग गर्नुभएको छ ।

यस्तै, जनताको प्रतिस्पर्धात्मक बहुदलीय शब्दलाई हटाएर बहुलवादमा आधारित शब्द राख्न माग गर्नुभएको छ । धर्म निरपेक्षता र समाजवाद उन्मुख शब्द हटाउन पनि उहाँले माग गर्नुभएको छ । प्रस्तावनामा नेपाली सेनाको परिचालन मन्त्रिपरिषद् वा सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले गर्नुपर्ने प्रावधान राख्न समेत माग गरिएको छ ।

यस्तै, उपराष्ट्रपतिको काम कर्तव्य स्पष्ट पार्न तथा राष्ट्रिय सभाको जिम्मेवारी दिनुपर्ने नभए पद खारेज गरिनुपर्ने लगायतका मागहरु उहाँको प्रस्तावनामा उल्लेख छ । संविधानसभामा शंसोधन प्रस्ताव पेस गरिसकेपछि सञ्चाकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिँदै सभासद् कोइरालाले पार्टीले कारवाही गरे भोग्न तयार छु भन्नुभयो ।

कांग्रेसका प्रभावशाली नेता समेत रहेका डा. शेखर कोइरालाले पार्टीको निर्देशन उल्लंघन गर्दै व्यक्तिगत शंसोधन प्रस्तावना पेस गरेपछि अन्य सभासदहरु पनि पार्टीको निर्देशन मान्ने पक्षमा देखिएका छैनन् । अन्य सभासद् पनि व्यक्तिगत प्रस्ताव पेस गर्ने तयारीमा रहेका छन् ।