२१ कार्तिक २०८३, शनिबार

बर्दियाको बबई नदी किनारमा युवतीको बेवारिसे शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बबई नदीको फाइल तस्बिर
बबई नदीको फाइल तस्बिर

बर्दिया, १८ भदौ । बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीमा बेवारिसे एक युवतीको शव बिहीबार फेला परेको छ ।

अन्दाजी २३ वर्षीया युवतीको शव अनुहारलगायत शरीरको छाला खुइलिएर दुर्गन्धसमेत आएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

स्थानीयले शव देखेर जानकारी दिएपछि प्रहरी उक्त स्थान पुगेको थियो । शव परीक्षणका लागि जिल्ला अस्पताल बर्दियामा पठाइएको छ ।

शवको सनाखत अहिलेसम्म हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो । रासस