बाजुरा, १८ भदौ । सदरमुकाम मार्तडीपछिको दोस्रो व्यापारिक केन्द्र कोल्टी बजारमा दसैँअगाडि नै जिप सेवा सञ्चालन हुने भएको छ ।
गत वर्ष पाण्डुसैनको चाँपारुसम्म जिप सेवा र सोही गाविसको स्यालकाटियासम्म ट्याक्टर सेवा आंशिक रुपमा सञ्चालनमा आएको थियो ।
असारको पहिलो साताबाट अवरुद्ध भएको उक्त सडक अहिले सञ्चालन हुन सकेको छैन । सडक सञ्चालन नहुँदा पूर्वीत्तर ११ गाउँ विकास समितिका स्थानीयवासी, हुम्ला र मुगुका जनताले महँगीको मार खेपिरहेका छन् ।
अहिले निर्माणको जिम्मा लिएको बिल्डक्सले काम सुरु गरिसकेको र दसैँ अगावै कोल्टीमा जिप सञ्चालनका लागि बाटो बन्ने जनाएको छ ।
बिल्डक्सका प्रतिनिधि कृष्ण बमका अनुसार उक्त सडक निर्माणका लागि रु दुई करोड ३६ लाखको सम्झौता भएको छ । रासस















प्रतिक्रिया