९ कार्तिक २०८३, सोमबार

बन्दमा पनि जिल्लाका शिक्षण संस्था खुल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १८ भदौ । सङ्घीय लिम्बुवान् पार्टीले पूर्वमा गरेको अनिश्चितकालीन बन्दमा पनि जिल्लाका सम्पूर्ण शिक्षण संस्था आजबाट खुल्ने भएका छन् ।

जिल्ला विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेकाले विद्यार्थीको भविष्य बिग्रने भन्दै शिक्षण संस्था खोल्न सहमत भएको पार्टीका जिल्ला सचिव सागर केरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “धेरै पक्षबाट विद्यालय खोल्न भनेपछि आफूहरुले पनि यसमा बैठक बसेरै विद्यालय खोल्न सहमति जनाएका हौँ ।”

यस्तै विद्यालय खुल्ने भएपछि बन्दकर्तालाई जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले धन्यवाद दिँदै अन्य पार्टीले पनि बन्द नगर्ने परिपाटी सिक्नुपर्ने बताउनुभयो ।

जिल्ला शान्ति क्षेत्र घोषणा भइसकेकाले विद्यालय बन्द नगर्न चौतर्फी दबाब पर्दै आएको छ । रासस