
काठमाडौं, १८ भदौ । आन्दोलनरत थारु समुदाय र मधेशी दलहरूको माग सम्बोधन गर्ने विषयमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संविधानको विधेयकमा संशोधन गरेर आन्दोलनरत पक्षका माग समेट्ने विषयमा छलफल हुने बुझिएको छ ।
बैठकका लागि कांग्रेस, एमाले, एकीकृत माओवादी र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरू बालुवाटारमा जम्मा भएका छन् ।
यसअघि बिहीबार भएको छलफलमा चार दलका नेताहरूले थारु र मधेशी समुदायका मागलाई समेट्न तयार रहेको जनाएका थिए ।
उनीहरूले त्यसका लागि आज दिनभरि पहल गर्ने उल्लेख गरेका छन् ।












प्रतिक्रिया