५ कार्तिक २०८३, बिहिबार

मधेशको आन्दोलन हिंसात्मक भएपछि न्यायाधीशहरूले जिल्ला छाडे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १८ भदौ । तराईका जिल्लाहरुमा हत्या हिंसा बढ्दै गएपछि ती जिल्लाका अधिकांश न्यायाधीशहरु धमाधम काठमाडौं आउन थालेका छन् ।

तीन जिल्लाका १२ जना न्यायाधीशहरु त्यहाँ बस्न नसकेपछि काठमाडौं आइसकेका छन् भने अन्य जिल्ला न्यायाधीशहरुले पनि अवस्था हेरेर आउने सर्वोच्च अदालतलाई जानकारी दिएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

धनुषा, रौटहट र महोत्तरी जिल्लाका १२ जना न्यायाधीशहरुले तराईमा बस्न नसक्ने भएपछि सर्वोच्च अदालतको सम्पर्कमा रहने गरी आफूहरुलाई राख्न बिहीबार प्रधानन्यायाधीश समक्ष निवेदन दिएका छन् ।