क्वाललम्पुर, १७ भदौ । मलेसियाको एक अन्तर्राष्ट्रिय विमानमा सामान्य गडबडी देखिएपछि बिहीबार भारतमा अकस्मात् अवतरण गरेको समाचार छ ।
आम्स्र्टडमबाट क्वाललम्पुरका लागि उडेको सो विमान भारतको चेन्नइमा आकस्मिक अवतरण गरेको थियो । तर पछि उक्त विमान बिहीबारै विहान सकुशल मलेसिया पुगेको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार उक्त विमानमा सामान्य खराबी देखिएको र त्यसपछि भारतको चेन्नइमा लगी अवतरण गराइएको थियो ।
मलेसियाको समाचार समिति बर्नामाले दिएको जानकारीअनुसार मलेसिया एयरलाइन्सको उडान नं एमएच १९ बिहीबारै सकुशल क्वालालम्पुर पुगेको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया