९ कार्तिक २०८३, सोमबार

रोल्पामा माइती हिँडेकी महिलासहित एकै परिवारका चारजना जंगलमा मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Liwang,_Rolpa

दाङ, १७ भदौ । बुधबार बिहान घरबाट माइती जान हिंडेकी महिलासहित उनका तीन छोराछोरी आज साँझ मृत फेला परेका छन् ।

रोल्पाको राँक गाविस–७ स्यालापाखाको जङ्गलमा एकै परिवारका चारजना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राँक–२ की करिब ३७ वर्षीया पवित्रा राना, छोरी प्यूली राना, छोराहरु भीमबहादुर राना र गणेश राना मृत अवस्थामा फेला परेको जानकारी पाएपछि त्यसतर्फ प्रहरी टोली पठाइएको रोल्पाका प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।

स्थानीयवासीले प्रहरीलाई दिएको जानकारीअनुसार घटनास्थलमा विषका भाडाँसमेत भेट्टिएकाले उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । उक्त स्थानमा पुग्न पाछावाङ प्रहरी चौकीबाट छ घण्टा लाग्ने जनाइएको छ । रासस