९ कार्तिक २०८३, सोमबार

अखण्ड बागलुङ माग्दै मानव साङ्लो प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglung-mass (1)

– रबिना बोहरा
बागलुङ, १७ भदौ । सिंगो बागलुङ जिल्लालाई प्रदेश नम्बर ४ मा समावेश गर्नुपर्ने माग राख्दै बागलुङबासीले आन्दोलनको नयाँ एवं सशक्त रुप मानव साङ्लो प्रदर्शन गरेका छन् ।

संघीय सीमाङ्कनका बेला बागलुङ जिल्लालाई दुई प्रदेशमा विभाजन गरिएपछि बागलुङबासीहरु आन्दोलित भएका हुन् । आन्दोलनको स्वरुप अन्र्तगत १२ औं दिन बागलुङको सिमाना मालढुङ्गादेखि रुकुमको सिमाना निसीसम्म मानव साङ्लो प्रदर्शन गरिएको छ । दोस्रो पटक ७ प्रदेशको सिमाङकन गर्दा जिल्ला पुन टुक्राइएपछि जिल्ला बासीहरुनै सडकमा उत्रिएका छन् । जिल्लाको ढोरपाटनमा शिर्ष नेताको गिद्धे दृष्टी परेकाले पनि बागलुङ विभाजन गरेको भन्दै जिल्ला एकिकृत नभएसम्म सशक्त आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । बागलुङको ढोरपाटनलाई रातारात ५ प्रदेशमा राखिनु र जिल्लालाई टुक्राटुक्रा पार्नुमा षड्यन्त्रकारी खेल खेलेकाले जिल्ला विभाजन गर्ने नेतालाई नछाड्ने भन्दै बागलुङबासीले आक्रोस व्यक्त गरेका छन् ।

baglung-mass (2)

भौगोलिक, सांस्कृतिक, सामाजिक, राजनैतिक एवं विकासमा शिर्ष नेतााहरुले हस्तक्षेप गरेकाले कुनै हालतमा पनि बागलुङ दुई टुक्रा हुन नहुने माग गरेका छन् । हजारौँको संख्यमा उर्लिएको जनसागर एवं मानव साङ्गो बागलुङ एक नभएसम्म नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । अर्को प्रदेशमा नजाने चाहना हुदा हुदै पनि शिर्ष नेताहरुले जनताको भावना विपरित गएर जिल्ला विभाजन गरेको आरोप लगाउदै बागलुङ अखण्ड हुनुपर्ने माग गरिरहेका छन् । जिल्लामा क्रियाशिल राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्था, सर्वसाधारणहरु कार्यक्रममा स्वस्फुर्त रुपमा सहभागी भएको थिए । हजारौ सङख्यामा जिल्लाबासी मानव साङ्लोमा सहभागी हुन आएपछि आन्दोलनरत पक्षलाई लाईनबद्ध गराउने हम्मे हम्मे परेको थियो ।

आन्दोलनका कार्यक्रम अनुसार अनिश्चितकालिन बागलुङ बन्द गरिएको छ भने हरेक दिन विभिन्न समूहमा विभाजन गरेर प्रर्दशन समेत गरिएको छ । बागलुङ जिल्लालाई अवैज्ञानिक तरिकाले दुई प्रदेशमा विभाजन गरिएकोप्रति विरोध जनाउँदै राजनीतिक दलहरुले बागलुङको ढोरपाटन क्षेत्रलाई भुमाफिया र जलमाफियाहरुले बागलुङबाट अलग बनाउने प्रयास गरेको आरोप लगाएका छन् । १२ दिन देखि बागलुङ बन्द हुदा यहाको जनजिवन प्रभावित बनेको छ ।

बन्दले गर्दा पसल, बजार उद्योग कलकारखाना , शैक्षिक संस्था, यातायात , बैक तथा बित्तिय संस्थाहरु बन्द भएका छन । दैनिक उपभोग्य बस्तुहरुको समेत अभाव हुन थालेको छ । बन्दले गर्दा दैनिक रुपमा मजदुरी गरि खाने सर्वसाधारणहरु प्रत्येक्ष मारमा परेका छन । सम्बन्धित निकायले चाडो निकास खोजि समस्याको समाधान गर्न तर्फ लाग्न आग्रह गरेका छन ।