९ कार्तिक २०८३, सोमबार

सुजाता कोइराला आईक्याप सह-अध्यक्षमा निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata ICAPE PHOTI 2

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला आइक्यापको सह अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

अरवैजनको बाकुमा सम्पन्न भएको एसियाली राजनीतिक पार्टीको अन्तराष्ट्रिय सम्मेलन (आइक्याप) को तेस्रो साधारणसभाबाट महिला व्युरोको रुपमा सह अध्यक्ष पदमा कोइराला निर्वाचित हुनु भएको हो ।

Sujata ICAPE PHOTO

विहीबार सम्पन्न भएको निर्वाचनबाट कोइराला आइक्यापको गरिमामय पद सह अध्यक्षमा निर्वाचीत हुनुभएको अरवैजनको बाकुबाट नेतृ कोइरालाले जानकारी दिनु भयो । एसियाली राजनीतिक दलका शिर्ष नेताहरु र शीर्ष महिला नेतृहरुको तिन दिने सम्मेलन एसियाको आर्थीक बिकास र राजनीतिक सहकार्यमा निरन्तरता दिदै आज सकिएको छ ।

यस अगाडि नेतृ कोइराला आइक्यापको स्थाइ समिति सदस्य र महिला व्युरोको उपाध्यक्ष समेत हुनुहुन्यो । कांग्रेस बिदेश बिभाग प्रमुख समेत रहनु भएकी कोइरालाले आईक्यापको सह अध्यक्षको नयाँ भुमिकामा आफुलाई निर्वाचित गराईएको भन्दै एसियाली राजनीतिक दलका महिला नेतृहरुको भुमिकालाई आगामि दिनमा अझ प्रभावकारी बनाउन प्रतिवद्ध रहेका बताउनुभयो ।