९ कार्तिक २०८३, सोमबार

तीजको रकम भूकम्प पीडित र अनाथलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pic of press meet

– नरेश केसी
भैरहवा, १७ भदौ । भैरहवामा क्रियाशिल सामाजिक संस्था सृजनशील हातहरुले तीजको अवसरमा सिद्धार्थ अनाथ आश्रमलाई सहयोग गर्ने भएको छ ।

संस्थाले तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरि सो बाट प्राप्त सहयोग रकम भुकम्प पीडित र भैरहवाको सिद्धार्थ अनाथ आश्रमलाई दिने निर्णय गरेको संस्थाको अध्यक्ष रमिता थापा मगर केसीले जनाईन् ।

संस्थाले भदौं १८ गते शुक्रबार दिउसों १ बजे स्थानिय लुम्बिनी गेटस्थित लुम्बिनी रोयल कटेजमा तीज विशेष कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रमा भैरहवामा पछिल्लो समय भड्कीएको सामाजिक सद्भावलाई कायम गर्न अन्तरक्रिया समेत गरिने आयोजकले बताए । सो कार्यक्रममा करिब १ सय ५० जना दिदी बहिनीको उपस्थिती रहने आयोजकले विश्वास लिएका छन् ।

teej bisesकार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, विशिष्ट अतिथी रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सभापति सागर प्रताप राणा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण शर्मा, नेपाल उद्योग वाणिज्य संघको पूर्व केन्द्रिय सदस्य तथा नेपाल व्यूटिसीयन एसोसीयसनको केन्द्रिय उपाध्यक्ष शान्ता जिसी लगायतको आतिथ्यता रहने आयोजकले बताएका छन् ।

संस्कृति बच्यो भने समाज बच्छ, समाज बच्यो भने राष्ट्र बच्छ यसैले आधा आकाश ढाकेका हामी नेपाली महिलाहरु पनि सृजनशील भएर संस्कृति बचाउं अभियानमा लाग्नु जरुरी छ भन्दै महिलाहरु कृयासील भएर सामाजिक कार्यमा लागेको अध्यक्ष केसीले बताईन् ।

अध्यक्ष केसीले संस्कृति धान्नु र संरक्षण गर्नु हाम्रो जिम्मेवारी र दायित्व भएको जनाउदैं संस्कृति धान्ने नाममा खर्चको होडबाजी गर्नु राम्रो नभएको बताईन् । उनले भनिन् ‘मितव्ययीता अपनाएर आवश्यक्ता भन्दा बढी खर्च गर्ने नगरौं । विलासी बस्तुमा गर्ने खर्चलाई कटौती गरि सामाजिक कार्यमा लगाऔं । हाम्रो घर छेऊमा अनाथ बालबालिकाहरु छन्, बृद्धा बुबा आमा छन् उनीहरुको स्याहार सुसारमा खर्च गर्ने पद्धतीको विकास गरौं ।”