९ कार्तिक २०८३, सोमबार

विदेश पठाइदिने भन्दै ठगी गर्ने ‘कन्सल्टेन्सी’ सञ्चालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorकाठमाडौँ, १७ भदौ । पुतलीसडकस्थित अथेन्टिक एजुकेसन इन्स्टिच्युटका सञ्चालक मोहन ढकाललाई प्रहरीले आज पक्राउ गरेको छ ।

डेनमार्कको प्रवेशाज्ञाको शतप्रतिशत सुनिश्चिततासहितको पत्रपत्रिकामा पटकपटक विज्ञापन दिई भ्रम सिर्जना गरेको भन्दै उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

मोरङ घर भई हाल काठमाडौँ बस्ने भरत भट्टराईलाई ग्रीनकार्डको योजनामार्फत डेनमार्क पठाई दिन्छु भनी पटक–पटक गरी रु एक लाख ७७ हजार रकम ठगी गरेकाले आवश्यक कारबाही गरी पाऊँ भनी महाशाखामा जाहेरी परेपछि ढकाललाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कारबाहीको लागि महानगरीय प्रहरी परिसरमा पठाइएको महाशाखाले जनाएको छ ।

यसैगरी पुतली सडकस्थित ‘गन्तव्य एजुकेशन फाउन्डेसन’ का सञ्चालक पीताम्वर पन्त पनि प्रक्राउ परेका छन् ।

लमजुङ घर भई हाल काठमाडौँ बस्दै आएकी सीमा थापाबाट रु एक लाख ९७ हजार र सिरहा घर भई काठमाडौँ बस्दै आएका आशाराम यादवबाट पटकपटक गरी रु तीन लाख ९४ हजार ठगी गरेको भनी दिइएको उजुरीको आधारमा पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको छ । रासस