२१ कार्तिक २०८३, शनिबार

मधेसी र थारुका माग सम्बोधन गर्ने चार दलको निर्णय, संविधान निर्माण प्रक्रिया नरोक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । चार दलका शीर्ष नेताको बैठकले संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेको छ ।

विहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा मधेसीका माग सम्बोधन गर्ने तर, कुनै हालतमा पनि संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय भएको बैठकमा सहभागी एमाओवादी नेता बाबुराम भट्टराईले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो-‘संविधान निर्माण प्रक्रिया रोकिन्न, झन द्रुत गतिमा अगाडी बढ्छ, अर्काे तर्फ असन्तुष्ट पक्षसँग वार्ता सम्वाद पनि जारी रहन्छ ।’

नेता भट्टराईले आन्दोलनरत मधेसी, थारु लगायत अन्य समुदायको मागलाई संविधानको विधेयकमा संशोधन प्रस्ताव हालेर सम्बोधन गर्ने निर्णय चार दलको बैठकमा भएको बताउनुभयो । ‘ठोस सहमति भोली सम्ममा निकस्न सक्छ । आज गम्भीर छलफल भयो । भोली ठोस सहमति हुन सकेन् भने, पर्सी शनिबार सहमति गरेर असन्तुष्ट मधेसी थारु लगायत पक्षहरुको मागलाई असन्तुष्ट मधेसी थारु लगायत पक्षहरुको मागलाई सम्बोधन गर्न संविधानको विधेयकमा संशोधन प्रस्ताव प्रवेश गराउँछौं ।’

उहाँले आन्दोलनरत पक्षसँग प्रत्यक्ष नभएपनि अप्रत्यक्ष रुपमा वार्ता सम्वाद जारी रहेको बताउनुभयो । ‘भोलीसम्मा एउटा ठोस निष्कर्ष निकाल्ने र पर्सी संशोधन प्रस्ताव लैजाने तयारी भएको छ, जहाँसम्म मधेसी मोर्चाको संविधान निर्माण प्रक्रिया रोकेर माग सम्बोधन गनुपर्ने कुरा आएको छ त्यसमा उहाँहरुका मागहरु संविधानको प्रक्रियाभित्रै रहेर सम्बोधन गर्न सकिन्छ । आन्दोलनकारीका माग सम्बोधन हुन्छन् ।’ नेता भट्टराईले भन्नुभयो ।

यस्तै, सञ्चारकर्मीलाई बैठकबारे जानकारी गराउँदै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले मधेसी र थारुका मागलाई संविधानमा समेट्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘यदि आन्दोलनकारीको माग सम्बोधन नभएर संविधान जारी भयो देश मुडभेडमा जान्छ । आन्दोलनकारीको भावनालाई समटेन् संविधानको विधेयकमा संशोधन हुन्छ । १९ गतेसम्म समय छ । भोली सम्म नतिजा आउँछ ।’

यस्तै, बैठकबाट बाहिरिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चासँग विगतमा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको सहमति कार्यान्वयन बताउँदै अब तपाईहरुलाई चाहिएको के हो ? भनेर प्रश्न गर्नुभयो ।