चौतारा १७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले देशलाई विखण्डन गर्न धावा बोेल्ने र एकता तोड्न चाहने जो कोहीलाई पनि नेपालीले सहन नसक्ने बताउनुभएको छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा जिल्ला अस्पतालले आयोजना गरेको भूकम्पपछि स्वास्थ्य गतिविधिको सार्वजनिकीकरण तथा सहयोगी संस्थालाई सम्मान कार्यक्रममा उहाँले कैलालीमा केही समयअघि आन्दोलनकारीद्वारा मारिएका सुरक्षाकर्मीविरुद्ध केही राजनीतिक प्रतिनिधिले वकालत गर्दै आएकामा आपत्ति जनाउँदै सो कार्य निन्दनीय छ भन्नुभयो ।
कार्यक्रममा सभासद् शेरबहादुर तामाङले विपद्का समयमा दुर्गम क्षेत्रका गाउँ गाउँमा स्वास्थ्य सेवा पु¥याएका स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिनुपर्ने बताउनुभयो ।
अस्पतालका प्रमुख डा सागर राजभण्डारीले विनाशकारी भूकम्पबाट जिल्लाका तीन हजार ५५३ ले ज्यान गुमाएकामा तीमध्ये एक स्वास्थ्यकर्मी र सात महिला स्वास्थ्य स्वयमसेविका रहेको जानकारी दिँदै ६१ स्वास्थ्य संस्थामा पूर्ण र १४ स्वास्थ्यसंस्थामा आंशिक क्षति पुगेको जानकारी गराउनुभयो । सो अवसरमा भूकम्पपछि जिल्ला अस्पतालमा समन्वय गरी सेवा प्रदान गर्ने स्वदेशी र विदेशीसहित १८ सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस















प्रतिक्रिया