९ कार्तिक २०८३, सोमबार

बर्दियाका विद्यालय फेरि ठप्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-band

– सुदीप अधिकारी
बर्दिया, १७ भदौ । थरुहटले आह्वान गरेको बन्दका बाबजुत करिव २ साता अघिदेखी संचालनमा रहेका बर्दियाका विद्यालय बिहीबारदेखि फेरि बन्द भएका छन् ।

कञ्चनपुरदेखि चितवनसम्म थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राख्दै विगत २४ दिनदेखि आन्दोलनमा उत्रेका थरुहट÷थरुवानले आफनो आन्दोलन भदौ ३१ गतेसम्म लम्बाएपछि यहाँका विद्यालय बाध्य भएर पुनः बन्द भएका हुन् । बन्दका कारण जिल्लाका करिव १ लाख १५ हजार बालबालिका पढाइबाट बञ्चित भएका छन् ।

यस अघिको बन्दमा विद्यालय खोल्नु पर्ने चौतर्फी दवाव बढेपछि थरुहटले बन्दका कार्यक्रमलाई यथावत राख्दै विद्यालय भने संचालन गर्न दिने सहमति जनाएको थियो । सहमति भएको करिव २ साता पछि थरुहटकै दवावका कारण यहाँका विद्यालय पुनः बन्द भएका छन् ।

थप गरिएको बन्दलाई शसक्त बनाउने भन्दै थरुहटले भदौ १७ गतेदेखिको आन्दोलनमा शिक्षण संस्था, बजार, उद्योग कलकारखाना, मोटरसाइकलसमेत ठप्प पारेका छन् । सदरमुकाम गुलरिया, राजापुर, भुरिगाउँ, बासगढी, मैनापोखरलगाएतका बजार बन्द छन् । केन्द्रको निर्णय अनुसार भदौ १७ देखि ३१ गते सम्म २४ घण्टे आम हडतालको घोषणा गरिएकाले आन्दोलन झनै सशक्त बनाइएको थारु संर्घष समिती बर्दिया अध्यक्ष गोविन्द थारुले जानकारी दिए ।

२४ दिनसम्म आन्दोलनमा उत्रिँदापनि आफनो मागबारे सरकारले कुनै सुनुवाई नगरेको पछि बाध्य भएर आम हड्ताल घोषण गर्नु परेको अध्यक्ष थारुले बताए । ६ प्रदेशको नक्सांकन र सिमांकन सच्याएर ल्याएको ७ प्रदेशमा पनि आफुहरुको माग सम्बोधन नभएको भन्दै थरुहटहरु विगत २४ दिनदेखि आन्दोलनमा उत्रेका छन् ।

लगातारको बन्दले यहाँ पेट्रोलियम पदार्थ र बजारमा दैनिक उपभोग्य बस्तुको अभावसँगै महंगी पनि बढ्दै गएको छ ।