२१ कार्तिक २०८३, शनिबार

एमाओवादी नेता गोपाल किराती भन्छन्-‘संविधान जारी गरेर मात्रै आन्दालनकारीसँग वार्ता गरौं’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal_Kiratiकाठमाडौ, १७ भदौ । एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले संविधान जारी भएपछि पनि आन्दालनकारीहरुसँग वार्ता गरेर संविधान संसोधनमार्फत समस्याको समाधान गर्न सकिने विश्वास ब्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने–संविधान जारी भएपछि पनि आन्दोलनरत पक्षहरुसँग वार्ता गरेर संसोधनमार्फत समस्याको समाधान गर्न सकिन्छ । संविधान जारी गर्ने यो बेलामा हामीसबैले शिर्ष नेताहरुलाई उत्साहित गर्नु पर्छ । जुनसुकै मुल्यमा पनि संविधान जारी गर्नुपर्ने आवश्यकता छ ।

उनले अहिले संविधान जारी गर्न नसके उपलब्धी गुम्ने खतरा रहेको भन्दै सहमति भएका विषयहरुलाई समेटेर अहिले जारी गरी विवादित विषयमा पछि संबाद गर्दै संसोधन गर्दै मिलाउनु पर्ने धारणा राखे ।

गणतन्त्र र धर्मनिरपेक्षता एक सिक्काका दुई पाटा भएको भन्दै लोकतन्त्रलाई कार्यान्वयन गर्नको निम्ति धर्म निरपेक्षतालाई कायम राख्नु पर्ने उल्लेख गर्दै भने–हामी धर्म निरपेक्षताको पक्षमा छौ तर संविधानसभामा शक्ति सन्तुलनको कारण माओवादीले एक्लैले भनेर मात्रै कुनै कुरा हुन सक्दैन ।

दुई नम्बर प्रदेश अहिले पहिचान र सामथ्र्यको आधारमा सबै भन्दा मिलेको क्षेत्र भएकोले त्यहाँ किन आन्दोलन भईरहेको छ आफू आश्चर्यमा परेको भन्दै मगरहरुलई चार र कैलालीसम्म पाँच नम्बर प्रदेशमा मिलाए समस्याको समाधान हुने जिकिर गरे ।