३० आश्विन २०८३, शुक्रबार

मधेस आन्दोलन नसच्याए प्रतिरोध हुन्छः मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maheshकाठमाडौ, १७ भदौ । उद्योगमन्त्री महेश बस्नेतले मधेसमा जारी आन्दोलन नसच्याए जनताबाट प्रतिरोध हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले मधेस आन्दोलनलाई हिंस्रक बनाएर हिंसाको सहारामा पार्टीको अस्तित्व जोखाउने रणनीति भएको भन्दै यसको लागि मधेसी दलहरुले राष्ट्रिय विरोधी र विखण्डकारीहरुहरु सँग तालमेल गरिरहेको दावी गरे ।

मन्त्री बस्नेतले वीरगञ्जमा आन्दोलनकारीहरुले नै आन्दोलनकारीको मञ्च भत्काएर नेताहरु लखेटेको उदाहरण प्रस्तुत गर्दै आन्दोलन के र कस्को लागि भनि प्रश्न गरे ।

उनले भने–आन्दोलनकारीहरुमा मतभेद भएको स्पष्ट बाहिर आईसकेको छ । सीमांकन बाहेक उनीहरुसँग अरु केही एजेण्डा छैन । बार्ताको लागि आब्हान गरे पनि चासो देखाउँदैन । राजनीतिक एजेण्डा हल गर्ने हो भने वार्ता अस्विकार गरेर गलत ढंगले हल भेटिदैन । यो एजेण्डा विहीन आन्दोलन हो । जवरजस्ती एजेण्डाले आन्दोलन हुँदैन ।

मन्त्री बस्नेतले गणतन्त्र ल्याउन भूमिका खेल्ने गिरिजाप्रसाद कोइरालाको सालिक ढाल्नु र पार्टी कार्यालयमा आगो लगाउनु कुनै पनि हालतमा राजनीतिक आन्दोलन नहुने दावी गरे । उनले सरकारले आन्दोलनको समिक्षा गरेर जनताको जीवन स्तर सहज बनाउन काम गर्ने भन्दै दंगाग्रस्त क्षेत्रबाट कुनै पनि हालतमा सेना ब्याक नहुने स्पष्ट पारे ।

मन्त्री बस्नेतले उद्योगी ब्यवसायीहरुको समस्या र समाधानको विषयमा बसेर छलफल गर्ने तयारी भईरहेको स्पष्ट पार्दै आफूहरुले संविधान निर्माण पछि लगानी वर्ष मनाउने, विदेशी नीति ल्याउने गरि बनाएको योजनामा बन्दले निराश बनाएको बताए ।