१ कार्तिक २०८३, शनिबार

रसायनिक मलको अभाव

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mal-khadतुलसीपुर (दाङ), १७ भदौ । दाङमा रसायनिक मलको अभाव देखिएको छ । किसानले धानबालीमा हाल्ने युरिया मलको अभाव देखिएको हो ।

जिल्लाको घोराही, लमही र तुलसीपुरमा रहेका कृषि सामग्री संस्थानमा हाल एक बोरा पनि मल मौजदात छैन । धानबालीमा मल हाल्ने समय आएका बेला मलको अभाव हुँदा किसान मर्कामा परेका छन् ।

दिनहुँ मलका लागि किसान आउने गरे पनि नहँुदा उनीहरुलाई त्यत्तिकै फर्काउनुपरेको सहकारीले जनाएको छ । त्यसैगरी लगातारको बन्दका कारण करिब एक महिना अघिदेखि मल नआउँदा मलको अभाव देखिएको कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिनुभएको छ ।

“मलको अभाव देखिएको छ, एक बोरा पनि स्टक छैन”, न्यौपानेले भन्नुभयो– “लगातारको बन्दका कारण मल जिल्लामा भित्रिन नसकेको हो ।” मलको माग अत्यधिक रहेको र सहकारीका सञ्चालकहरु दिनहुँ आइरहने उहाँले बताउनुभयो । जिल्लाका लागि २०० टन मल आवश्यक रहेको र करिब १५० टन मल ढुवानी गर्न समस्या भएका कारण भैरहवामा रोकिएको न्यौपानेको भनाइ छ ।

यता कृषि सामग्री संस्थान क्षेत्रीय कार्यालय भैरहवाले भने आफूसँग करिब ८०० टन मल भएको जनाएको छ । क्षेत्रीय कार्यालयका प्रमुख गोविन्द पराजुलीले बन्दका कारण ढुवानी गर्न नसकिएको बताउनुभयो । “भैरहवादेखि पश्चिम महेन्द्रनगरसम्म मलको अभाव भएको जानकारी आएको छ” उहाँले भन्नुभयो । रासस