काठमाडौं, १७ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद अशोककुमार राईले विगतमा भएको सहमतिअनुसार अग्रगामी संविधान आओस् भनेर सडकमा उत्रेका जनतालाई सरकारले दमन गरिरहेको बताउनुभयो ।
आजको व्यवस्थापिका–संसदको बैठकमा उहाँले एकै दिन मुलुकका विभिन्न स्थानमा छ जनासम्म आन्दोलनकारीमाथि गोली बर्साएको आरोप पनि लगाउनुभयो ।
थुनामा राखिएका फोरम नेपालका केन्द्रीय सदस्य आङ्काजी शेर्पाको तत्काल रिहाईको माग पनि उहाँले गर्नुभयो ।















प्रतिक्रिया