९ कार्तिक २०८३, सोमबार

गुल्मीको तुरांगमा एक जनाको लास भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

death-body
फाइल तस्वीर

– अनिल खत्री
गुल्मी, १७ भदौ । गुल्मीको तुराङ्गमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

तुराङ्ग गाविस १ निवासी ४० बर्षीय धनपति पौडेलको शव सोही गाविस अन्र्तगत ३ स्थीत हुग्दी खोलाकोे कुलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

पौडेललाई बिहिवार बिहान हुग्दी खोलाकोे कुलोमा मृत अबस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक पौडेलको शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल तम्घासा ल्याई सकिएको प्रहरीले जनाएको छ ।

पौडेलको मृत्यु हुनाको कारण भने अझै खुल्न नसकेको त्यसको वारेमा थप अनुसन्धान भैरहेकोे बताईएको छ ।