२१ कार्तिक २०८३, शनिबार

ओलीको निर्देशनपछि युवा संघ मैदानमा उत्रियो, कारवाही सूचीमा को-को छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahadi-1

काठमाडौं, १७ भदौ । नेकपा एमालेको भातृ युवा संघ नेपालले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलबल्याउन खोज्नेविरुद्ध देशव्यापी युवा परिचालन गरेको छ ।

बुधबार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि एमाले भातृ संगठनहरुका सदस्यहरु त्यस्ता तत्वहरुविरुद्ध मैदानमा उत्रिएका हुन् । विहीबार एक विज्ञप्ती जारी गर्दै युवा संघ नेपालका महासचिव राजीव पहारीले नेकपा एमालेका पार्टी कार्यालय जलाउने, देशमा अस्थिरता मच्चाउनेहरुलाई युवा संघले नछोड्ने चेतावनी दिनुभयो ।

‘सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलबल्याउन चाहने, नयाँ संविधान घोषणा गर्न नदिन वातावरण विथोल्ने, समृद्ध नेपाल निर्माण गर्न नदिने र जातीय, धार्मिक तथा क्षेत्रीय साम्रदायिकता भड्काएर मुलुकलाई तहसनहस गर्न चाहने तत्वहरुको विरुद्ध हाम्रो अभियान सुरु भएको छ,’ उहाँले भन्नुभयो-‘समृद्ध नेपाल निर्माणका निम्त युवा संघले देशव्यापी रुपमा युवाहरुलाई परिचालन गरेको हो ।’

उहाँले यस्ता तत्वहरुको विरुद्धमा उत्रिन सम्पूर्ण जनतालाई आह्वान गर्नुभयो । यसैबीच समाजिक सञ्जालबाट सद्भाव भड्काउने तथा विभिन्न नेताहरु चरित्र हत्या गर्ने आङकाजी शेर्पालाई प्रहरीले पक्राउ गरेको कदमको युवा संघले स्वागत गर्दै राष्ट्रद्रोहको मुद्दा लगाउन सरकारसँग माग गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मार्छु, काट्छु भनेर स्यालहुइयाँ मच्चाउने राजकुमार लेखीलाई तुरन्त पक्राउ गरी कारवाही गर्न पनि युवा संघले सकारसँग माग गरेको छ । ‘यस्ता अतिवादी तत्वहरु (जस्ले भाला हातहतियार लिएर प्रदर्शन गरिरहेको छन्)विरुद्ध युवाले संशक्त प्रतिरोध गर्नेछ ।’ उहाँले भन्नुभयो ।

समयमै संविधान निर्माण, समृद्ध नेपाल निर्माण गर्ने नेपाली जनताको चाहनालाई साकार पार्न युवा संघले जस्तोसुकै अवरोधको सामना गर्ने उहाँको भनाई छ । ‘आम नेपालीको वर्षेदेखिको सपनालाई जुनसुकै हालतमा पूरा गर्ने वातावरण सिर्जना गर्छाैं, त्यसको लागि विरोधीलाई धपाउने, कारवाही गर्ने काम किन नहोस् सबै कदमहरु चाल्छौं’ महासचिव पहाडीले भने ।