३० आश्विन २०८३, शुक्रबार

नेपालमा पहिलो पटक ‘मिष्टर ग्लोबल नेपाल २०१५’ आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

For Emailकाठमाडौ । नेपाली युवाहरुको सौदर्य र प्रतिभा निखार्दै अन्तर्राष्ट्रिय स्तरको ब्यवसायी मोडल उत्पादन गर्ने उद्देश्यकासाथ नेपालमा पहिलो पटक ‘मिष्टर ग्लोबल नेपाल २०१५’ आयोजना हुँदैछ ।

अन्तर्राष्ट्रिय मोडलिङ जगतमा नेपालको दर्बिलो उपस्थिती गराउने लक्ष्य बोकेको प्रतियोगिता नेक्ष्ट मोडलस् नेपालले आयोजना गर्न लागेको हो । आयोजक नेक्ष्ट मोडलस्ले प्रतियोगिता बिभिन्न पक्ष सहित आवेदन खुल्ला भएको जानकारी दिएको छ । नेपाली मुलका जुनै समुदायका १८ देखि २८ बर्षसम्मका, न्युनतम प्लस २ अध्यायनरत र पाँच फिट आठ इन्च उचाही भएका युवाहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्रावधान आयोजकले राखेको छ ।

अवसरको खोजीमा रहेका युवालाई अन्तर्राष्ट्रिय मोडल बनाउन प्रतियोगिताले सहयोग पुग्ने नेक्ष्ट मोडलस्का अध्यक्ष रवि धमलाले बताए । आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर व्यक्तित्व विकासलगायतका बिषयमा प्रतियोगिताले ज्ञान प्रदान गर्ने भएकोले अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन प्रतियोगिलाई सजिलो हुने धमलाको भनाई छ ।

आगामी असोजको तेस्रो साता अन्तिम स्पर्धा हुने प्रतियोगीताको प्रि अडिसन देशका प्रमुख शहर काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका स्थानमा हुनेछ । पहिलो अडिसनबाट छानिएका प्रतियोगिलाई अन्तिमस्पर्धाका लागी अन्तराष्ट्रिय स्तरको रनवे ,मोडलिङ वर्कसप, ब्यक्तित्व बिकाश, कम्युनिकेस डेभलब बिकाश, फोटो सुट तथा भिडियो सुट ट्रेनिङ, मास कम्युनिकेसन ट्रेनिङका अलवा बिभिन्न समाजीक संजाल, मानव अधिकार, संन्चार कला, स्टेज फकमेन्सलगायत बिभिन्न बिषयमा दक्ष व्यक्तित्वद्धारा ज्ञान प्रदान गरिनेछ । प्रतियोगितामा सहभागीताका लागी नेक्ष्ट मोडलस् नेपालको केन्द्रिय कार्यालय अनामनगर तथा यसको वेभसाइटबाट पनि आवेदन दर्ता गराउन सकिनेछ ।

2

प्रतियोगीतामा शीर्ष सहित फष्ट रनर अफ, सेकेण्ड रनर अप, मिष्टर कन्जेनियालिटी, मोष्ट फोटोजेनिक, बेष्ट नेशनल कस्ट्युम, मिष्टर इन्टरनेट पपुल्यारिटी, मिष्टर फिजिक, बेष्ट ट्यालेन्ट, मिष्टर बेष्ट मोडल, मष्ट पपुलर ,मष्ट डिसिप्लिन, सोसियल वर्कर लगायतका बिधामा पुरस्कृत गरिने छन् ।

प्रतियोगिताको बिजेताले एक लाख नगद सहित मिष्टर ग्लोबल २०१६ मा नेपालको प्रतिनिधित्व गर्नुको अलवा चलचित्र, म्युजिक भिडियो बिज्ञापन चलचित्र अभिनय अवसर, राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन शोमा सहभागिता जनाउने अवसर, अन्तर्राष्ट्रिय सेलिबे्रटीसँग घुलमिल गर्ने अवसर, अन्तर्राष्ट्रिय मोडलिङ तथा रनवे सम्बन्धी प्रशिक्षणलगायतका बिभिन्न अवसर प्राप्त गर्नेछन् । प्रतियोगीताबाट बचेको रकम समाज सेवामा लगाईने कार्यक्रम निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।