– नरेन्द्रसिह कार्की
दार्चुला, १७ भदौ । नागरिक समाज दार्चुलाले सीमाङ्कनको विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको रक्तपात बन्द गर्न आग्रह गरेको छ ।
बिहीबार बिहान सदरमुकाम खलंगामा सद्भाव र्याली निकाली ठाउँ ठाउँमा भइरहेको झडप र रक्तपातले देशलाई झन अस्थिर बनाउने भन्दै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो ।
सदभाव र्यालीमा दार्चुला बहुमुखी क्याम्पस खलंगाका विद्यार्थी, प्राध्यापक र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको छ । अहिलको बन्दका कारण देशभरका विभिन्न ठाउँका विद्यार्थीहरुले पढ्न नपाएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरे ।
नागरिक समाज अगुवाहरुले पहिले नेपाली हुनु, र पछि राज्यका बारेमा सोच्दा उपयुक्त हुने बताए । ‘भाइ भाई बीचको लडाइले राष्ट्रियता खतरामा पुग्छ,’ नागरिक समाज दार्चुलाका अध्यक्ष पुष्करराज जोशीले भने, ‘संविधान घोषणा हुने बेलामा भएको यस्ता बन्द हड्ताल र झडप उपयुक्त हैन ।’ संविधानमा सबै पक्षलाई समेटेर हिंसाको बाटो बन्द हुने गरी संविधान जारी गर्नुपर्छ सद्भाव र्यालीका सहभागीहरुको भनाइ छ ।
लामो समयको रक्तपातले देशले निकाश नपाउने भन्दै नागरिक समाजका प्रतिनिधिहरुले छिटो संविधान जारी गर्न माग गरेका छन् ।
















प्रतिक्रिया