२१ कार्तिक २०८३, शनिबार

राप्रपा नेपालका पदाधिकारी र सभासदहरूको संयुक्त बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १७ भदौ । संविधान निर्माणको प्रक्रिया, संशोधन प्रस्ताव र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको संयुक्त बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बस्ने केन्द्रीय पदाधिकारी र संसदीय दलको संयुक्त बैठकमा संविधानको विधेयकमाथि संशोधन प्रस्ताव राख्ने विषयमा छलफल हुनेछ ।

राप्रपा नेपालले हिन्दू राष्ट्रका पक्षमा आन्दोलन गर्दै आएको छ । सो विषयमा पनि संशोधन दर्ता गराउन सक्ने स्रोतको भनाइ छ । बैठकमा जारी आन्दोलनका विषयमा पनि समीक्षा हुनेछ ।

राप्रपा नेपालका सहप्रवक्त मोहन श्रेष्ठले समग्र राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाइएको बताउनुभयो ।

‘संयुक्त बैठकपछि साढे दुई बजे पार्टी अध्यक्ष कमल थापाले पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्नु हुनेछ’, श्रेष्ठले भन्नुभयो ।