काठमाडौं, १७ भदौ । इपीएसमार्फत दक्षिण कोरिया आई अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएपछि केही नेपालीलाई अध्यागमन विभागले फर्काइदिएको छ ।
गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया आउन पाउँदैनन् । सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात, हुन्डी कारोबार अवैध बसोबास गर्नेहरुलाई फर्काइएको कारोबार दैनिकले समाचार छापेको छ ।
सहकर्मीलाई छुरा हानी घाइते बनाएको एक नेपालीलाई उपचार खर्चवापत करिव १ करोड वन तिराई नेपाल पठाइएको छ ।
सिन्धुलीका एक युवक महिलामाथि यौन दुब्र्यवहार गरेको आरोपमा नेपाल फर्किएका छन् ।
खाना खाने समयमा ती युवकले कोरियन महिलाको संवेदनशील अंग छोएको आरोप छ । त्यस्तै १६ महिनाअघि आएका नवलपरासीका अर्का नेपाली कोरियन युवतीको फोटो खिच्दा नेपाल फिर्ता हुनुपरेको छ ।
उनले व्यस्त बजारमा मिनिस्कट लगाएकी युवतीको फोटो खिचेका थिए ।















प्रतिक्रिया