
काठमाडौं, १७ भदौ । अमेरिकाले पाकिस्तानलाई आतंकवादविरुद्ध लड्न तथा कारवाहीलाई तिव्र बनाउन एएच-१ जेड वाइपर लडाकू हेलिकप्टर प्रदान गर्ने घोषणा गरेको छ ।
पाकिस्तानी अखबार डनका अनुसार रक्षा विभागले सहुलियतमा हेलिकप्टर किन्नका लागि अमेरिकी कम्पनी बेली हेलिकप्टरलाई करिब ५.८ करोड डलर पेश्की बुझाएको छ, जो हेलिकप्टर किन्न लाग्ने ५८.१ करोड़ डलरको एक तिहाई मात्रै हो ।
अमेरिकी राष्ट्रपति बराक ओबामाको सल्लाह र अमेरिकी सरकारको सहुलियतमा पाकिस्तानले आधुनिक प्रविधिको हेलिकप्टर भित्र्याउन लागेको समाचारमा जनाइएको छ । अमेरिकी रक्षा विभागबाट जारी सूचनामा भनिएको छ कि हेलिकप्टर पेश्की वाफत १० प्रतिशत (५.७९ करोड डलर) पाकिस्तान सरकारबाट प्राप्त भएको छ ।
अमेरिकाले सुरुमा दुई वटा हेलिकप्टर उपलब्ध गराउने छ भने, त्यसपछि मात्रै १३ वटा हेलिकप्टर दिनेछ । अमेरिकी रक्षा विभागको सूचना अनुसार पाकिस्तानले हावाबाट जमिनमा मार हान्ने एक हजार ‘एजीएम-११४ हेलफायर-द्वितीय’ मिसाइल एवं हेलिकप्टरहरुको लागि सहयोग मागेको थियो । अफगानिस्तान सीमा इलाकामा तालिबान आतंकवादीविरुद्ध कारवाहीका लागि अमेरिकाले पाकिस्तानलाई सहयोग गरेको समाचार जनाइएको छ ।
अमेरिकाले पाकिस्तानलाई आधुनिक हेलिकप्टर उपलब्ध गराउने भएपछि भारत चिन्तित बनेको छ । शक्ति राष्ट्र भारत पाकिस्तानको सुरक्षा तयारीबाट चिन्तित बनेको हो ।




















प्रतिक्रिया