मोरङ, १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले जस्तोसुकै हालतमा पनि आफ्नो पार्टी संविधान जारी गर्ने पक्षमा रहेको बताउनुभएको छ ।
एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेत्री भण्डारीले विभिन्न जातजातिका नाममा भइरहेका हिंसात्मक आन्दोलनबाट संविधान जारी गर्ने प्रक्रियामा अवरोध पुग्ने भएपनि संविधान जारी भएरै छोड्ने बताउनुभयो ।
आन्दोलनरत मधेसवादी दलहरु वार्तामा आउन नचाहेको बताउँदै उहाँले विभिन्न भ्रम फैलाएर हिंसात्मक आन्दोलन चर्काउने काम बन्द गर्न ती दललाई आग्रह गर्नुभयो ।
महासचिव ईश्वर पोखरेलले समाजमा हिंसा भड्काउने खालका अपराधिक गतिविधि गर्ने नेपाली जनता नभएको बताउनुभयो ।
सचिव भीम आचार्यले संविधान जारी गर्न नदिने तत्वले हिंसा भड्काएको बताउनुभयो ।
















प्रतिक्रिया