किन्सास (कङ्गो), १६ भदौ । कङ्गोको सैनिक अदालतले मङ्गलबार १८ जना सेनालाई हत्या र बलात्कारमा संलग्न भएको आरोपमा अदालतमा परेको मुद्दामाथि पहिलो सुनुवाई गर्दै आरोप पुष्टि भएमा कडा कारबाही गर्ने जनाएको छ ।
विभिन्न प्रहरी तथा सैनिक अधिकारीले उत्तरी कङ्गोको किबु प्रान्तका कासिन्दी, एम्बाउ, नोबिलि तथा कोमाङ्गो क्षेत्रमा सुरक्षार्थ खटिएका बेला उनीहरुले उक्त अपराधमा सामेल भएको भन्ने दाबी आएकोले उनीहरुविरुद्ध मुद्दा अघि बढाइएको हो ।
किबु प्रान्तका यी इलाकाहरु यहाँका प्रजातान्त्रिक समूह सम्बद्ध विद्रोही र सुरक्षा अधिकारीबीच झडप भएका स्थानहरु हुन् । ‘सुरक्षाकर्मीबीच कायम रहनुपर्ने अनुशासनलाई कडारुपमा पालना गर्न लगाउने प्रयासस्वरुप सुरु गरिएको,’ उक्त मुद्दा हेर्ने न्यायधीश कुम्बु एगोमाले बताउनुभयो ।
उक्त कानुनी प्रक्रियाप्रतिलाई संयुक्त राष्ट्रसङ्घ, संयुक्त मानव अधिकार कार्यालय तथा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमले प्रशंसा गर्दै आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको जनाएका छन् । रासस/सिन्ह्वा















प्रतिक्रिया