३० आश्विन २०८३, शुक्रबार

सहरी इलाकामै दोहोरो भीडन्त, तीन जना प्रहरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolपेसावर (पाकिस्तान), १६ भदौ । उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावर सहरको बाहिरी इलाकामा बुधबार बिहान सबैरे भएको दोहोरो गोली हानाहानमा कम्तीमा तीन प्रहरीको मृत्यु भएको समाचार छ ।

सो गोली हानाहानमा परी अन्य आठ प्रहरी घाइते भएका छन् । वरिष्ठ प्रहरी अधिकारी मिआन सैएदकाअनुसार प्रहरीको दैनिककार्य अन्तरगत घर घरमा गरिने खानतलासीका क्रममा सो झडप भएको हो ।

बन्दुकहधारीको आक्रमणपछि दोहोरो गोली हानाहान भएको जनाइएको छ । सो खानतलासी उमार पयान गाउँमा भएको जनाइएको छ ।

सो गोली हानाहानको क्रममा तीन प्रहरी र एक बन्दुकधारीको मृत्यु भएको सैयदले एएफपी समाचार समिलिलाई बताउनु भएको छ । पेसावरमा तालिवान आतङ्ककारी समूहको उपस्थिति भएको पाइन्छ ।

तर यस आक्रमणमा आतङ्ककारी वा अन्य अपराधिक समूहका कसको हात रहेको छ भन्ने बारेमा भने प्रष्ट भएको छैन ।

आक्रमणकारीहरुले ग्रेनाड र मोर्टास आक्रमण समेत गरेको सैयदले जानकारी दिनु भएको छ । पेसावरका प्रहरी प्रमुख मुबारक जेबले यस झडप र हताहतीको पुष्टि गर्नु भएको छ ।

पेसावर सहरमा यसअघि पनि भीषण आतङ्ककारी आक्रमणहरु भएको पाइन्छ । गत डिसेम्बरमा पनि सैनिकद्धारा सञ्चालित एक विद्यालयमा भएको आक्रमणमा विद्यालयका बालबालिकासहित १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

गत फेब्रुअरीमा तीन सशस्त्र तालिवान आतङ्ककारीले एक मस्जिदमा गरेको आक्रमणमा २१ जना व्यक्तिको मृत्यु भएको थियो ।

अधिकारीका अनुसार पाकिस्तानी सैनिकले आतङ्ककारीका विरुद्ध सुरु गरेको भीषण कारबाहीमा परी करिब ३ हजार आतङ्ककारीको मृत्यु भईसकेको छ । रासस/एएफपी