– नरेश केसी
भैरहवा, १६ भदौ । लामो समयदेखी भैरहवा क्षेत्रका उद्योग धन्दा व्यवसाय बन्द हुदा दैनिक कामकाज गरि सांझविहानको छाक टार्ने मजदुरहरु बढी मर्कामा परेको भन्दै सिद्धार्थ उद्योग वाणिज्य संघले बन्द तत्काल फिर्ता लिन सरोकारवालालाई आग्रह गरेको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष रामकुमार शर्माद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा भनिएको छ “लामो बन्द र आमहड्तालले सम्पुर्ण उद्योग व्यवसायी, यातयात व्यवसायी, विद्यालय कलेज, मजदुर , विद्यार्थि, पेसागत संगसंगठन, आम जनता, उपचारकोलागी हिड्नुपर्ने, दैनिक रुपमा कामगरेर सांझ विहानको छाक टार्ने जनतालाई नकारात्मक असर पारेको सबैलाई विधितै छ ।” संघले यस्तो तत्काल बन्द फिर्ता लिएर वातवरण सहज गराउन माग समेत गरेको छ ।
संघले विज्ञप्तीमा अगाडी भनेको छ “अहिले देशको आर्थिक स्थिती अत्यन्तै गम्भिर अवस्थामा रहेको छ । यस्तो बेलामा बन्द हड्ताल चक्का जाम जस्ता गतिवीधि छाडेर आन्दोलनको विकल्प खोज्न पनि आग्रह गदैछौं ।”
अध्यक्ष शर्माले भैरहवामा सदियौंदेखी रहदै आएको आपसी सद्भाव र भाइचारालाई कायम राख्दै बन्द हड्ताल फिर्ता लिएर गरिखाने वातवरण बनाई दिन पनि सरोकारवालालाई आग्रह गरेको छ ।
गत साउन २७ गते देखी नियमित रुपमा भैरहवामा संयुक्त मधेसी मोचा र थरुहट संघर्ष समितीले बन्द हड्ताल गरिरहेका छन् भने भाद्र १४ देखी संघीय मधेसी मोर्चाले पनि बन्द हड्ताल शुरु गरेको छ । यसरी राज्यसंग असन्तुष्ट भई विभिन्न मोर्चाले भैरहवामा बन्द हड्ताल कायम गरिरहदा सिद्धार्थ उद्योग वाणिज्य संघसंग आवद्ध उद्योग धन्दा र व्यापारिक प्रतिष्ठानमा गरि दैनिक करिब १० अरब रुपैयां घाटा लाग्दै आएको संघका कोषाध्यक्ष जीवलाल अर्यालले जनाए ।
कोषाध्यक्ष अर्यालले भने “यत्तिका दिनदेखी उद्योग धन्दा बन्द छन् । पन्चकन्या, जगदम्बा, सिद्धार्थ ग्रुप, एस आर देखी लिएर दैनिक करौडौ कारोबार गर्ने उद्योगदेखी लिएर पान पसल सम्मको हिसाब गर्ने हो भने अहिले सम्म करिब ५० अरब नोक्सानी भएको होला । ” उद्योग धन्दा बन्द हुदां लाखौ मजदुरहरुको दैनिक रोजीरोटीमा समस्या सृजना भएको कोषाध्यक्ष अर्यालले तर्क गरे ।

















प्रतिक्रिया