१० कार्तिक २०८३, मंगलबार

फेसबुकमा चर्का जातीय कुरा लेख्ने आङ्काजी शेर्पा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ankaji Sherpaकाठमाडौं, १६ भदौ । सामाजिक सञ्जालहरूमा साम्प्रदायिकता भड्काउन सन्देश लेखेको र तस्बिर राखेको अभियोगमा प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङ्काजी शेर्पालाई पक्राउ गरेको छ ।

काठमाडौंस्थित बौद्धको शेर्पा गुम्बामा शेर्पा स्वायत्त प्रदेश बन्द सफल पार्नेबारेको बैठक सकेर निस्कँदै गर्दा आज दिउँसो प्रहरीले शेर्पालाई पक्राउ गरेको हो ।

सादा पोशाकमा आएका प्रहरीले शेर्पालाई गिरफ्तार गरेको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो ।

प्रहरीले शेर्पालाई भ्यानमा हालेर लगेको छ । शेर्पाले सामाजिक सञ्जालहरूमा जथाभावी लेख्ने, साम्प्रदायिकता भड्काउने तस्बिर राखेको अभियोगमा पक्राउ गरेको स्रोतले जनाएको छ ।