काठमाडौँ, १६ भदौ । नक्कली नेपाली नोटको कारोबार गर्ने वागेश्वरी–७ नुवाकोट निवासी २० वर्षीय दीपक न्यौपाने पक्राउ परेका छन् ।
गँगबु बसपार्क नजिकैको आकाशे पुलमा रु एक हजारका ८० थान नक्कली नोटसहित यही भदौ १४ गते पक्राउ परेका न्यौपानेलाई आज महानगरीय प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।
उनी कार्यरत फोटोकपी पसलमा थप ५५ थान तयारी अवस्थामा र १३ थान नक्कली नोट एकातर्फ मात्र फोटोकपी गरेको अवस्थामा भेटिएको छ ।
हाल नेपालटार बस्दै आएका न्यौपाने बाफलस्थित ‘प्राइम लाइफ वैदेशिक रोजगार म्यादी जीवा बिमा’ मा काम गर्ने गरेको र सोही स्थानबाट उनले फोटोकपी गरी नक्कली नोट बनाउने गरेका प्रहरीले जनाएको छ ।
न्यौपानेलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलको टोलीले पक्राउ गरेको हो । राजधानीका भिडभाड हुने ठाउँमा यस्ता नोट कारोबार हुने गरेको र कारोबारीले एक हजार नक्कली बराबर डेढ सय सक्कली नोट साट्ने गरेको अनुसन्धानका क्रममा खुलेको नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

स्नातक तहमा अध्ययनरत अभियुक्त न्यौपानेले कसैले सिकाएर नभएर आफँैले प्रयोगका रुपमा नक्कली नोट छापे पनि आफूले हालसम्म प्रयोग नगरेको बताए । अभियुक्त न्यौपानेलाई मङ्गलबार काठमाडौँ जिल्ला अदालतबाट खोटा चलनअनुसार मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस




![gSsnL g]kfnL gf]6sf] sf/f]af/ ug]{ afu]Zj/L&, g'jfsf]6 lgjf;L @) jifL{o bLks Gof}kfg] . pgL ?= Ps xhf/ b/sf sf *) yfg eGbfa9L gSsnL gf]6;lxt ut !$ ut] a;kfs{ glhs}sf] cfsfz] k'naf6 kqmfp k/]sf lyP . tl:a/ M bLk]Gb| ;fksf]6f÷/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/09/Fake-Note-2-650x488.jpg)









प्रतिक्रिया