३० आश्विन २०८३, शुक्रबार

तालिवानी लडाकूद्धारा आफ्नै समूहका लडाकूको गोली हानी हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taliwani-ladakuकुन्दुज (अफगानिस्तान), १५ भदौ । एक तालिवानी लडाकूले आफ्नै समूहका आठ लडाकूलाई गोली हानी हत्या गरेको यहाँका सुरक्षा अधिकारीले जनाएका छन् ।

उत्तरी कुन्दुज प्रान्तको इमाम साहिब जिल्लाको एक गाउँमा अवस्थित घरभित्र रहेका आफ्नै साथीहरुलाई गोली हानी हत्या गरेपछि मङ्गलबार बिहान उनी सहकर्मी लडाकूका हतियारसहित अज्ञात स्थलतर्फ भागेका थिए ।

यसलाई तालिवान लडाकूले अफ्ना सहयोद्धामाथि आक्रमण गरी हत्या गरेका पहिलो घटना भनिएको छ । घटनाकोे तालिवान लडाकू समूहद्वारा पुष्टि भई सकेको छैन । इमाम साहिन, दास्ते आर्ची, चर्दारा जिल्लाका प्रायजसो सबै गाउँहरूमा तालिवानी लडाकूको कब्जा रहेको छ ।

घटना तालिवानी नयाँ नेता मुल्ला अख्तर मोहम्मद मनसुरका समर्थक तथा पूर्व तालिवानी नेता मुल्ला मोहम्मद ओमारका परिवार तथा समर्थकबीच नेतृत्वको विषयमा फरक फरकमत आएपछि भएको छ ।

सञ्चारमाध्यमले जनाएअनुसार मुल्ला मन्सुरका समर्थक तथा विरोधी लडाकूबीच दक्षिणी जाबुल प्रान्तमा दुई दिनअघि झडप हुँदा सात लडाकूको मृत्यु भएको थियो । पूर्व नेता ओमारका परिवारद्वारा नयाँ नेता मन्सुरलाई पदबाट राजीनामा दिन वा सम्भावित परिणामको सामना गर्न चुनौती दिएको छ । रासस/सिन्ह्वा