२१ कार्तिक २०८३, शनिबार

कांग्रेस महाधिवेशन फेरि सर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-meetingकाठमाडौं, १५ भदौ । लामो समयदेखि महाधिवेशन गर्न नसकेको सत्तारुढ नेपाली कांग्रेसको १३ औं महाधिवेशन फेरि सरेको छ ।

यसअघि कांग्रेसले सबै प्रक्रिया पुर्‍याएर असोज पहिलो हप्ता महाधिवेशन गर्ने मिति तोकेको थियो । मंगलबार राजधानीमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले देश संविधान निर्माण प्रक्रियामा रहेका बेला कांग्रेसले संविधानलाई प्राथमिकता दिँदै महाधिवेशन सार्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्र प्रसाद बडूले जानकारी दिनुभयो । महाधिवेशन सारेपनि कांगेसले नयाँ मिति भने तय गरेको छैन् ।

यसैबीच कांग्रेसले आन्दोलनमा रहेका मधेसी र थारु समुदायको माग सम्बोधनका लागि पहल गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि ती समुदायका नेतृत्वसँग छुट्टाछुट्टै छलफल र वार्ता गरिने छ ।