बर्दिया, १५ भदौ । सुस्तःमनस्थिति भएकी यहाँकी एक महिला बलात्कृत भएकी छिन् । सानोश्रीताराताल नगरपालिकामा– १ की ४० वर्षीया महिला आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ ।
सानोश्रीताराताल नगरपालिका- १ का ३४ वर्षीय कृष्णप्रसाद न्यौपानेले बलात्कार गरेको आरोप पीडित पक्षले लगाएको छ ।
घटनाबारे पीडित पक्षले इलाका प्रहरी कार्यालय सानोश्रीमा निवेदन दिएका हुन् । न्यौपानेलाई सोनाश्रीताराताल नगरपालिका– ८ को १२ नंमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी नायब निरीक्षक चेतन खड्काको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो । रासस















प्रतिक्रिया