वीरगञ्ज, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रदर्शनले उग्र रुप लिएपछि पर्सा जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय प्रशासनको आग्रहमा दंगाग्रस्त क्षेत्रमा अब सुरक्षाका लागि सेना परिचालन हुनेछ । आन्दोलन हिसात्मक बनेपछि पर्सालाई मंगलबार दिउँसोबाट दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
यसअघि स्थानीय प्रशासनले सोमबार मोर्चाको प्रदर्शन नियन्त्रणमा लिन कर्फ्यू लगाएको थियो । कर्फ्यू तोड्दै आन्दोलनकारीले प्रहरीको विट जलाउन खोज्दा सोमबार साँझ प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
मंगलबार पनि कर्फ्यू उल्लङघन गर्दै आन्दोलनकारी प्रदर्शनमा उत्रिएपछि थप तीन जनाको मृत्यु भएको छ । अहिले पनि वीरगञ्ज तनावग्रस्त छ ।















प्रतिक्रिया