९ कार्तिक २०८३, सोमबार

जातीय सदभाव विगार्न खोज्ने ‘देशद्रोही’लाई कारवाही नगरे सडकमा उत्रिने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhumiraj-adhikari

काठमाडौं, १५ भदौ । चुरेभावर लोकतान्त्रिक पार्टीले जातीय सद्भाव विगार्न खोज्ने ‘देशद्रोही’लाई कारवाही नगरे कडा संघर्ष गर्ने चेतावनी
दिएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै जातीय सद्भाव विगार्दै धमिलो पानीमा माछा मार्न खोज्ने देशद्रोही विखण्डनकारीलाई सरकारले कारबाही नगरे मेचीदेखि महाकाली सम्मका नागरिक एकजुट भएर सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

यस्तो छ चुरेभावर लोकतान्त्रिक पार्टीको चेतावनी :

प्रेस विज्ञप्ति

आदरणीय जनसमुदायहरु !

१. आज देश अत्यन्तै संक्रमणको भुमरीमा रुमलिएको कुरा हामी सबैलाई सर्वविदितै छ । हालसालै मात्र संविधान जारी गर्ने प्रक्रिया र संघीयतामा सीमांकनको विषयलाई लिएर देशव्यापी विरोध भईरहेको छ । केहीले त आफ्नो प्राणको आहुती समेत दिइसकेको वर्तमान अवस्थामा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

२. ०६२/०६३ को तराई आन्दोलनको समयमा सरकार र चुरेभावर पार्टीबीच नौं बुँदे सम्झौता भएको पुन ः स्मरण गराउन चाहन्छौं । मुलुक संघीयतामा रुपान्तरण हुँदा चुरेभावर प्रदेशको सुनिश्चित गर्ने सम्झौताको कार्यान्वयन गर्न हामी जोडदार माग गर्दछौं ।

३. चुरेभावर प्रदेशको सुनिश्चितता पनि नगर्ने र जातीय सद्भाव विगार्दै धमिलो पानीमा माछा मार्न खोज्ने त्यस्ता देशद्रोही विखण्डनकारीलाई सरकारले कारबाही नगर्ने हो भने हामी बाध्य भएर मेचीदेखि महाकाली सम्मका भावरबासी एकजुट भएर भावर प्रदेश कायम गराउन सडकमा उत्रिन बाध्य हुनेछौं । त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी स्वयं सरकार र संविधानसभा हुनेछ ।

४. हामी सरकार र संविधानसभासँग यो पनि आग्रह गर्दछौं की कुनैपनि राजनैतिक पार्टीले आफ्ना जायज माग राखेर सरकारलाई आग्रह गर्दा वेवास्ता गर्ने, आम बन्द हड्ताल जस्तो जटिल परिस्थितिको सिर्जना गराई सकेपछि मात्र जायज मागको संवोधन हुने परम्परावादी सोचको अन्त्य गर्न सरकारसँग आग्रह गर्दछौं ।

५. हालैमात्र पश्चिम टिकापुर, कैलालीको घटनालाई हामीले अत्यन्तै गम्भिर रुपमा लिएका छौं । त्यो घटना राजनैतिक भन्दा भिन्दै, नितान्त अपराधिक घटना भएको हुँदा निशस्त्र प्रहरीहरु र दुई वर्षको अवोध बालकलाई समेत कायरतापूर्ण ढंङ्गले जसरी हत्या गरियो, त्यसलाई जस्तो शब्दमा भत्र्सना, निन्दा र चर्चा गरेपनि कमै हुन्छ, त्यस्तो अपराधी समुहको नेतृत्व गर्ने र हत्यामा संलग्न हुने सबै अपराधीहरुलाई विद्यमान कानुनको कठघरामा ल्याई सर्वस्वहरण र जन्मकैदको व्यवस्था चाडो कार्यान्वयन गर्न जोडदार माग गर्दछौं ।
६. आज देश अत्यन्तै जटिल परिस्थितिमा गुज्रिरहेको कुरा पुनः स्मरण गराउदै सम्पूर्ण जिम्मेवार राजनीतिक दल र देशबासीसँग जातीय सद्भाव, राष्ट्रिय एकता सहिष्णुता र मानवता कायम राख्दै संयम, धैर्य, विवेकशिल र संवेदनशील बनेर संघियता सहितको ऐतिहासिक संविधान निर्माण प्रक्रियामा सम्पूर्ण जिम्मेवार सरोकारवाला निकायहरुसँग सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछौं ।

जय नेपाल, जय भावर !
………………….
(भुमिराज निरौला )
अध्यक्ष
चुरेभावर लोकतान्त्रिक पार्टी

Press Bigepti