२१ कार्तिक २०८३, शनिबार

कलैयामा मोर्चाका कार्यकर्तामाथि प्रहरीको दर्जनौं राउण्ड फायर, एक जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच बाराको कलैयामा झडप हुँदा एक जनाको मृत्यु भएको छ । तीस जना भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् ।

मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई–मधेस बन्दको १७ औं दिन कलैयामा आन्दोलनकारी र प्रहरीबीच मंगलबार बिहानै झडप भएको थियो । झडपले उग्र रुपम लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर कलैया–१० रगंपुरका २० बर्षीय हिफाजत मियाँ अन्सारीको मृत्यु भएको हो ।

प्रहरीसँगको झडपमा ३० भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । घाइते मध्ये १० भन्दा बढीको अवस्था गम्भीर छ । घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेहरुको टाउको, छाती, पेट, हात र खुट्टा गोली लागेको छ ।

कलैयाका विभिन्न चोकहरुमा अहिले पनि आन्दोलनकारी र प्रहरीबीच दोहोरो भडप भइरहेको छ ।